नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ मा कायम
प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०८२ | १६:१८:२०
चितवन, २६ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४८ दशमलव ७१ अंकले बढेर २८५१ दशमलव २४ को बिन्दुमा पुगेको छ, जसले १ दशमलव ७३ प्रतिशतको वृद्धि देखाएको छ।
आज ३३८ कम्पनीका दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख ८ हजार ८६९ पटक खरिदबिक्री भए, जसको कुल कारोबार रकम ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबर भएको नेप्सेले जनाएको छ।
कारोबारमा सबै समूहको उपसूचक बढेको छ भने छवटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२ |
१६:१८:२०
1959















