नेपालगन्जमा आज ११ बजदेखि कर्फ्यू
नेपालगन्ज,२३ वैशाख ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगन्जमा निषेधाज्ञा कर्फ्यु जारी गरिएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ११ बजेबाट लागू हुने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा सोमबार बसेको कोभिड संकट व्यवस्थापनसम्बन्धी बैठकले निषेधित क्षेत्रको घोषणा गर्ने निर्णय गरेधको थियो । निषेधाज्ञा २५ गते मध्यरातसम्म लागू हुने जनाइएको छ ।
नेपालगन्ज अवधिभर स्वास्थ्य क्षेत्रबाहेकका कोही पनि बाहिर निस्किन पाउने छैनन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिनेबाहेकका कसैलाई पनि बाहिर निस्कन पाउने अनुमति नभएको स्थानीय प्रशासनले जनाएको छ ।
पछिल्लो समय नेपालगंज महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढेकाले यस्तो निर्णय गरिएको हो। हालसम्म त्यहाँ २३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। मंगलबार मात्रै थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



















