नेपालगञ्जमा स्थानीय र प्रहरीबीच झडप, प्रहरी सवार गाडी तोडफोड
प्रकाशित मिति: मंगलबार, बैशाख २३, २०७७ | १३:०१:४५
नेपालगन्ज,२३ वैशाख
नेपालगन्जमा स्थानिय र प्रहरीबिच झडप भएको छ । नेपालगंज उपमहानगरपालिका को त्रिवेणी मोड नजिक मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको हो । लकडाउनको पालना गराउन स्थानीयलाई सम्झाउन खोज्दा स्थानीयले विवाद गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यता स्थानीयले भने प्रहरीले १० बजे नै आएर पसल बन्द गर्न बल प्रयोग गर्दा झडप भएको बताएका छन् ।आक्रोसित स्थानीयले प्रहरी सावर बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेका छन् ।
आक्रोसित स्थानियहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेबाट ३ दिनको लागि हिजो नै निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३, २०७७ |
१३:०१:४५
4841



















