चितवनबाट विप्लव समूहका पोलिट्ब्युरो सदस्य अनिल शर्मा पक्राउ
प्रकाशित मिति: मंगलबार, बैशाख २३, २०७७ | १४:३३:००
काठमाडौं,२३ वैशाख ।
नेत्र बिक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक नेता चितवनमा पक्राउ परेका छन् । विप्लव समूहका नेता अनिल शर्मा बिरहीलाई चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो । उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुगेका नेता शर्मालाई अस्पतालमै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो । नेता शर्मा पक्राउको आधिकारिक पुष्टि भने गरिएको छैन ।
उनी पछिल्लो समय सत्तारुढ दल नेकपाका नेताहरुसँग अनौपचारिक रुपमा वार्तामा सक्रिय रहेका नेता पनि हुन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २३, २०७७ |
१४:३३:००
5215



















