रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा दुईको मृत्यु, २७ जना घाइते
प्रकाशित मिति: बुधबार, बैशाख १६, २०८३ | १४:५०:३८
चितवन, १६ वैशाख । रुपन्देहीमा बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रोबस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।
बुटवल–बर्दघाट सडकखण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षालय नजिक भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी चौकी देवदह खैरेनीका अनुसार मृतकको पहिचान भने खुल्न बाँकी रहेको छ।
प्रकाशित मिति : बुधबार, बैशाख १६, २०८३ |
१४:५०:३८
331























