रोल्पाको थवाङमा भीषण जीप दुर्घटना: २० जनाको ज्यान गयो
प्रकाशित मिति: शुक्रबार, बैशाख १८, २०८३ | १४:२५:०६
चितवन , १८ बैशाख । जलजला मेला तथा पूजाका लागि जाँदै गरेको यात्रु बोकेको जीप रोल्पाको थवाङमा दुर्घटनामा पर्दा २० जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेका सबै मृतकको सनाखत भइसकेको प्रहरीले जनाएको छ।
लु १ ज ४१६७ नम्बरको जीप बिहीबार दिउँसो करिब २ बजे भीरबाट झन्डै ८ सय मिटर तल खस्दा उक्त घटना भएको हो।
मृतकहरू रुकुम पूर्वको सिस्ने गाउँपालिका तथा दाङका विभिन्न क्षेत्रका रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा एक जना घाइते भएका छन् भने शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइने तयारी छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १८, २०८३ |
१४:२५:०६
221




















