नेप्से २७.४९ अङ्कले बढ्यो
प्रकाशित मिति: शुक्रबार, बैशाख २५, २०८३ | १७:००:१४
चितवन, २५ बैशाख । आज नेपाली सेयर बजारमा उत्साह देखिएको छ । NEPSE परिसूचक २७.४९ अङ्कले बढ्दै २७४५.६५ विन्दुमा बन्द भएको हो ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ३३५ कम्पनीका ७४ लाखभन्दा बढी कित्ता सेयर ५३ हजारभन्दा बढी पटक खरिदबिक्री भएका छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५, २०८३ |
१७:००:१४
221


























