महावीर पुनको माग पूरा, ‘नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्छु’
प्रकाशित मिति: बिहिबार, बैशाख ३१, २०८३ | १०:४३:१२
चितवन, ३१ बैशाख । प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको बताएका छन् ।
दुई दिनअघि संसदमा राखेको माग तथा तीन हप्ताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित प्रस्ताव कार्यान्वयनतर्फ अघि बढेको भन्दै उनले खुशी व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम, देशभक्त वैज्ञानिक तथा अनुसन्धानकर्तालाई छलफलका लागि आउन आग्रह गरेका छन् ।
उनले नेपाल सरकारलाई धन्यवाद दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । साथै, रिसको झोकमा नेताहरूलाई दिएको ‘श्राप’ पनि फिर्ता लिएको बताएका छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख ३१, २०८३ |
१०:४३:१२
441























