देशभर वर्षा र चट्याङको सम्भावना, मौसम बदली रहने
प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३ | ९:२४:१२
चितवन, १६ जेठ । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ।
यसको प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने अन्य प्रदेशका अधिकांश क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ। साथै तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
प्रकाशित मिति : शनिबार, जेठ १६, २०८३ |
९:२४:१२
111
















