काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति धिरज सेठ
चितवन, ३१ साउन । भारतीय सेनाका प्रमुख धिरज सेठ चारदिने भ्रमणका लागि नेपाल आएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी आइतबार काठमाडाैं आइपुगेका हुन् । काठमाडौं बसाइँका क्रममा प्रधानसेनापति सेठले प्रधानमन्त्री तथा रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ।
सेठ सन् २०२६ जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त भएका हुन्। उनी नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्।
उनले सैनिक मञ्च टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रधानसेनापति अशोकराज सिग्देलसँग दुई देशका सेनाबीचको आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएकाे छ ।
























