मलेसियामाथि १६७ रनको जितसहित नेपाल समूह विजेता, सेमिफाइनल प्रवेश
प्रकाशित मिति: बिहिबार, जेठ २१, २०८३ | १६:०२:३१
चितवन, २१ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल खडा गरेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा १२६ रन बनाए। उनले १४ चौका र ८ छक्का प्रहार गर्दै उत्कृष्ट शतकीय इनिङ खेलेका थिए।
प्रकाशित मिति : बिहिबार, जेठ २१, २०८३ |
१६:०२:३१
133



























