प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३ | १८:२४:३७
चितवन, २३ जेठ । प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँको माइतीघरमा खबरदारी सभासहित प्रदर्शन गरेको छ। पार्टीका अनुसार प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित र स्वाभिमानसँग मेल नखाने खालको छ।
विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको दाबी गर्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका थिए।
प्रदर्शनका क्रममा नेपाली भूमि र राष्ट्रिय सम्मानको रक्षा गर्नुपर्ने सन्देश बोकेका विभिन्न प्लेकार्ड प्रदर्शन गरिएका थिए।
कार्यक्रममा बोल्दै Aaren Rai ले विश्वका धेरै देशमा सीमा समस्या भए पनि सीमा विवाद र भूमि मिचिने विषयलाई एउटै रूपमा व्याख्या गर्न नमिल्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय मुद्दामा अनावश्यक भ्रम सिर्जना गरेको आरोप समेत लगाए।
प्रकाशित मिति : शनिबार, जेठ २३, २०८३ |
१८:२४:३७
23



















