देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जना पक्राउ
प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३ | १८:३५:४०
चितवन, २३ जेठ । प्रहरीले देशका विभिन्न जिल्लामा नियमित गस्ती तथा निगरानी अभियान सञ्चालन गर्ने क्रममा लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक–एक जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा लगायतका लागुऔषध बरामद गरेको जनाएको छ। साथै चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने ट्रामाडोल, डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन जस्ता औषधिजन्य पदार्थ पनि फेला परेको छ।
प्रकाशित मिति : शनिबार, जेठ २३, २०८३ |
१८:३५:४०
1



















