विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ | १५:४८:२०
चितवन, २५ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ।
आजको बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि विशेष कारण देखाउँदै बैठकको दिन र समय परिवर्तन गरिएको हो।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार अब प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति : सोमबार, जेठ २५, २०८३ |
१५:४८:२०
331



























