कांग्रेस नीति प्रतिष्ठानको चौँथो बैठक जेठ २७ गते, आन्तरिक आचारसंहितामाथि छलफल हुने
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ | १७:३६:११
चितवन, २५ जेठ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौँथो बैठक यही जेठ २७ गते आयोजना हुने भएको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा विभिन्न उपसमितिका संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्नेछन्। साथै, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल, थप उपसमितिहरूको जिम्मेवारी निर्धारण तथा समसामयिक विषयमा प्रस्तावमाथि विचार-विमर्श गरिने कार्यसूची रहेको छ।
प्रकाशित मिति : सोमबार, जेठ २५, २०८३ |
१७:३६:११
397



























