सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आजै शपथ ग्रहणको तयारी
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ | १२:५३:१७
चितवन, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार गुरुङलाई गृहमन्त्री नियुक्त गर्ने निर्णय भइसकेको छ र आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ। शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयमा आवश्यक पत्राचारसमेत भइसकेको बताइएको छ। अपराह्न ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको स्रोतले जनाएको छ।
गुरुङले यसअघि विवादका कारण गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिले उनीमाथिका आरोपबारे सफाइ दिएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन्।
प्रकाशित मिति : मंगलबार, जेठ २६, २०८३ |
१२:५३:१७
243






















