प्रतिनिधिसभा आज बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिनेछन् जवाफ
चितवन, ०३ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। संसद सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमा उठेका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका शीर्षकहरूमाथि भएको छलफलमा उठेका प्रश्नको समेत सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यक्रम रहेको छ।























