विहीबार सार्वजनिक बिदा
प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७७ | १७:५५:०७
काठमाडौं, २४ वैशाख ।
सरकारले बुद्ध जयन्तिको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
यसअघि २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गरेको थियो । गृह मन्त्रालयका अनुसार पछि चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमारचण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले यसबारे जानकारी दिएका छन् । उनले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी गराएका हुन् ।
प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७ |
१७:५५:०७
4709



















