रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
चितवन, १० असार । रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि प्रतिस्पर्धा चर्किएको छ। पार्टीले पहिलो चरणमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार ६९ सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। खुला समूहमा २१० र प्रदेश प्रतिनिधित्वतर्फ १७४ जनाको उम्मेदवारी परेको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिमबाट १८, मधेसबाट २०, लुम्बिनीबाट ३१, कोसीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। सात प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना निर्वाचित हुनेछन्।
हाल सार्वजनिक सूचीमाथि दाबी–विरोधको समय दिइएको छ। अन्तिम सूची प्रकाशनपछि विद्युतीय मतदानमार्फत निर्वाचन सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन व्यवस्थापन पक्षले जनाएको छ।


















