झलनाथ खनालको आह्वान: कम्युनिस्ट एकताको विकल्प छैन
प्रकाशित मिति: आइतबार, आषाढ १४, २०८३ | १६:२८:३८
चितवन, १४ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूबीच एकताको विकल्प नरहेको बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयपछि दुई ठूला वामपन्थी धारका नेताहरू एउटै मञ्चमा उभिनु सकारात्मक संकेत भएको बताए।
समय र परिस्थितिले कम्युनिस्ट शक्तिहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको उल्लेख गर्दै खनालले अब एकताको यात्रालाई यहीँबाट दीर्घकालीन रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति : आइतबार, आषाढ १४, २०८३ |
१६:२८:३८
155























