सुन तोलामा ४ हजार ४ सय रुपैयाँले घट्यो
प्रकाशित मिति: सोमबार, आषाढ १५, २०८३ | १३:२६:४४
चितवन, १५ असार । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : सोमबार, आषाढ १५, २०८३ |
१३:२६:४४
199


















