लुम्बिनीमा देउवा पक्षीय कांग्रेसको बृहत् प्रदेश भेला सुरु
प्रकाशित मिति: मंगलबार, आषाढ १६, २०८३ | १५:३४:००
चितवन, १६ असार । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय बृहत् प्रदेश भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीस्थित लमहीमा सुरु भएको छ।
भेलाको उद्घाटन १४औँ महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा गरिएको हो।
भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तय गर्ने, तथा स्थानीय तहमा समन्वय विस्तारलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ १६, २०८३ |
१५:३४:००
375

























