जानकी मन्दिर जाने हर्क साम्पाङको कार्यक्रम रद्द, विवादपछि होटलमा पार्टी कार्यक्रममा सहभागी
प्रकाशित मिति: मंगलबार, साउन ०५, २०८३ | १६:५०:०३
चितवन, ०५ साउन । हिन्दु सम्राट सेनाका कार्यकर्तासँग विवाद भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)ले जनकपुरस्थित जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन्।
साम्पाङको स्वागतका लागि जानकी मन्दिर पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट हटाएपछि तनावको स्थिति सिर्जना भएको थियो। सम्भावित झडप रोक्न मन्दिर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
विवादपछि हर्क साम्पाङले जानकी मन्दिर भ्रमण स्थगित गर्दै सोझै जनकपुरस्थित होटल क्राउन प्लाजामा पुगे। त्यहाँ आयोजित श्रम संस्कृति पार्टीको मधेश प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले सहभागिता जनाएका छन्।
प्रकाशित मिति : मंगलबार, साउन ०५, २०८३ |
१६:५०:०३
177

























