हस्तकला क्षेत्रको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन शाह
प्रकाशित मिति: बुधबार, साउन ०६, २०८३ | १६:०१:२५
चितवन, ०६ साउन । प्रधानमन्त्री बालेन शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना र सीपको पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सकारात्मक रहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको सट्टा बिजक मूल्याङ्कन अनिवार्य गर्ने सुझाव कार्यान्वयन गरिने आश्वासन दिएका छन्। उनका अनुसार यसले राजस्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, हस्तकला सामग्री निर्यातमा उपलब्ध हुने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा त्यसलाई पुनः निरन्तरता दिने पहल गरिने आश्वासन पनि प्रधानमन्त्रीले दिएका छन्।
प्रकाशित मिति : बुधबार, साउन ०६, २०८३ |
१६:०१:२५
221


















