काठमाडौंमा कारको ठक्करबाट एकजनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, बैशाख २६, २०७७ | १२:२७:४२
काठमाडौं,२६ वैशाख ।
काठमाडौंको रविभवनमा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । बा २१ च ४३४७ नम्बरको कारले बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक टीकाराज गेलालको ज्यान गएको हो ।
कार नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल शिखर जबराको रहेको खुलेको प्रहरीले जनाएको छ । उनलाई अहिले महानगरीय प्रहरी बृत्त कालिमाटीमा राखिएको छ ।
कर्णेल जबरा काठमाडौंको स्युचाटार निवासी हुन् । उनी कलंकीबाट कालिमाटीतर्फ आइरहेका थिए भने मासु बोकेको मोटरसाइकल कालिमाटीबाट कलंकीतर्फ गइरहेका थिए ।
दुर्घटनामा घाइते टिकाराम गेलाललाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो । गेलालको उपचारका क्रममा मृत्यू भएको हो ।
मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७ |
१२:२७:४२
4225



















