गण्डकी प्रदेशसभा आज बस्दै, गाँजाखेती विधेयक पुनर्विचारका लागि पेस हुने
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ | ११:५७:४८
चितवन, १५ साउन । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ।
गत असार २५ गते स्थगित भएको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धी विधेयक पेस हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
साथै, प्रदेश प्रमुखको सन्देश प्रस्तुत हुने र शून्य समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यक्रम पनि रहेको छ।
प्रकाशित मिति : शुक्रबार, साउन १५, २०८३ |
११:५७:४८
463



















