‘सिंहदरबार’को नाम ‘अनामनगर दरबार’ राखाैं : हरि ढकाल
प्रकाशित मिति: आइतबार, साउन २४, २०८३ | १६:११:१५
चितवन, २४ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थान र विमानस्थलको नाम परिवर्तन भए पनि सिंहदरबारको नाम यथावत् रहेको भन्दै प्रश्न उठाए।
नेपालमा सिंह नभएको उल्लेख गर्दै उनले सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राख्नुपर्ने प्रस्ताव गरे। उनका अनुसार नाम परिवर्तनसँगै सिंहदरबारको परम्परागत कार्यशैली, सोच र प्रवृत्तिमा समेत परिवर्तन आवश्यक छ।
प्रशासनिक केन्द्रको ‘मुहान’मै सुधार गर्दै पुरानो सोच र भाष्यलाई चिर्नुपर्नेमा जोड दिँदै ढकालले राज्य सञ्चालनको शैलीमा समेत नयाँपन आवश्यक रहेको बताए।
प्रकाशित मिति : आइतबार, साउन २४, २०८३ |
१६:११:१५
133























