चितवनमा गुडिरहेको इभि कारमा आगलागी, एक जनाको जलेर मृत्यु
प्रकाशित मिति: शुक्रबार, भाद्र २६, २०८३ | ७:५०:३३
चितवन, २६ भदौ। चितवनको भरतपुरमा एक विद्युतीय (इभि) कारमा आगलागी हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-९ स्थित वसन्तचोक नजिकै पूर्व-पश्चिम राजमार्गको सर्भिसलेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको इभि कारमा आज बिहान करिब ६:०० बजेको समयमा अचानक आगलागी भएको हो।
दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको थियो। मृतकको सनाखत हुन सकेको छैन । आगलागीका कारण कार पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६, २०८३ |
७:५०:३३
1


















