बाढीपीडितको लागि खैरहनी १० मा संकलित राहत सामाग्री नुवाकोट पुगेर वितरण
प्रकाशित मिति: आइतबार, भाद्र २८, २०८३ | २१:४४:००
चितवन , २८ भदौ । रसुवाका बाढीपीडितलाई खैरहनी नगरपालिका वडा नम्बर १० को कठार युथ क्लबद्वारा ८ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ । कठार युथ क्लबको पहलमा गाउँ टोलबाट संकलन गरिएको करिब रु. ८ लाख मूल्य बराबरको राहत सामग्री बाढीपीडितहरू बसोबास गरिरहेको स्थान नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ स्थित अस्थायी बासस्थानमा पुगेर हस्तान्तरण गरिएको हो।
कठारका युवाहरुले करिब २०० परिवारलाई सामाग्री हस्तान्तरण गरेका हुन् । राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीहरू वितरण गरेका हुन्। बाढीको विपत्तिमा परेका परिवारहरूलाई दैनिक जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले यो सहयोग कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।
प्रकाशित मिति : आइतबार, भाद्र २८, २०८३ |
२१:४४:००
23



















