पुर्विचितवनको केही क्षेत्रमा विहिवार ९ घण्टा भन्दाबढी विद्युत अवरुद्ध हुने
चितवन, १४ असोज । नेपाल विद्युत प्राधिकरणको रत्ननगर टाँडी वितरण केन्द्रले भोलि असोज १५ गते बिहीबार पुर्वीचितवनका विभिन्न क्षेत्रमा लामो समय विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। विद्युत लाइनमा छोएका तथा छुन लागेका रुखका हाँगाबिगा काटेर विद्युतको गुणस्तर र निरन्तरता बढाउने उद्देश्यले लाइन बन्द गर्न लागिएको हो। वितरण केन्द्रले जारी गरेको सूचना अनुसार असोज १५ गते बिहान ८:३० बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा बन्द रहनेछ। उक्त समयमा हर्दी १३२ के.भि. सबस्टेशनबाट सञ्चालन रहेको ११ के.भि. खैरहनी फिडर र पर्सा ३३ के.भि. सबस्टेशनबाट सञ्चालनमा रहेको ११ के.भि. सौराहा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत आपूर्ति प्रभावित हुनेछ।
खैरहनी नगरपालिकाको जमौलीदेखि खैरहनी चोक, सलौली, बुढौली, सिसहनी, कुमरोज, जनकपुर, धरमपुर, गवै, हर्नरी, वैरिया, मझुई, सुर्तनी, पोखरेल टोल, पुरानो पर्सा, लालटीन बजार, सुल्ताना, बडगाउँ, जीवनपुर, समनपुर, गैडाहा, स्वामी चोक र कपियादेखि कपिया स्कुलसम्मका क्षेत्रहरूमा लाइन काटिनेछ। त्यसैगरी, रत्ननगर नगरपालिकातर्फ झुवानी, वनवासा, बछ्यौली, हातिसार र सौराहा लगायतका क्षेत्रहरूमा समेत विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।




















