खल्तीमा राखेको पटका पड्किदा खैरहनीमा एकजना बालक जलेर घाइते
प्रकाशित मिति: बिहिबार, कार्तिक २७, २०८३ | १०:०९:२९
चितवन , २६ कार्तिक । पुर्वीचितवनको खैरहनीमा पटका पड्केर एक बालक घाइते भएका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ मा पटका पड्केर १२ वर्षिय आयुष गान्धारी घाइते भएका हुन् । उनको छातीबाट तल र घुडाभन्दा माथीको भाग जलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार साझ बालकको खल्तिमा रहेको पटका पड्केको हो । आगो बालेर पड्काउदा नपड्केको पटका बालकले टिपेर खल्तीमा राखेको एकैछिनमा खल्तीमा उक्त पटका सल्केको जनाइएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०८३ |
१०:०९:२९
199





















