चितवनका एक व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटना ,श्रीमतिको मृत्यु
चितवन , ३० कात्तिक । चितवनका एक व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रत्ननगर नगरपालिका ३ निवासी अन्दाजी वर्ष ४४ कि निशम रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा कार चालक पुरुषोत्तम रिजाल मध्यम घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते निशमको उपचारको क्रममा बेलुका ६:१० बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारमा सवार दम्पती रत्ननगर नगरपालिका वडा नम्बर ३ मा दालमोट उद्योगका संचालक रहेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ तिनकुनास्थित मदनभण्डारी लोकमार्गमा बाग्मती प्रदेश–०१–०१८च ७७४१ नम्बरको कार आज दिउसो १:५० मा दुर्घटना भएको हो । प्रहरीले जनाएको छ । सिन्धुलीबाट चितवनतर्फ आउदौ गरेको उक्त कार आफैँ अनियन्त्रित भई सडकको दाहिने साइडको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।




















