एक लाख घुससहित नुवाकोटका वन प्रमुख पक्राउ
प्रकाशित मिति: शनिबार, बैशाख २७, २०७७ | १७:४५:३८
नुवाकोट,२७ वैशाख
नुवाकोटका डिभिजन वन एक लाख घुससहित पक्राउ परेका छन् । अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई रु.१ लाख घूससहित नियन्त्रणमा लिएको छ।
जयमंगलले सेवाग्राहीसँग रु।६ लाख घूस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान शुरु भएको थियो। यस क्रममा रु.१ लाख घूस लिएका उनी पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको आयोग स्रोतले जनाएको छ।
प्रकाशित मिति : शनिबार, बैशाख २७, २०७७ |
१७:४५:३८
4797



















