नेपालमा थप १३ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १३४ पुग्यो
प्रकाशित मिति: सोमबार, बैशाख २९, २०७७ | १९:३५:३३
काठमाडौं , २९ बैशाख ।
नेपालमा थप १३ जनामा कोरोना संक्रमण भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु , रुपन्देही र बदिर्या जिल्लाका रहेका छन् । कपिलवस्तुको ६ जना , रुपन्देहीको ६ जना र बर्दियाको एकजनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । आज संक्रमण देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २९, २०७७ |
१९:३५:३३
4423



















