सम्पर्कविहीन बनेका प्रहरी जवान मृत भेटिए
प्रकाशित मिति: मंगलबार, बैशाख ३०, २०७७ | ११:५१:४२
सुर्खेत,३० वैशाख
जिल्लको सिम्ता गाउँपालिकामा ड्युटीमै रहेका वेला सम्पर्कविहीन बनेका एक प्रहरी जवान मृत फेला परेका छन् । आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए ।
उनको शव मंगलबार बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटर पर भेटिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । उनी राति २–३ बजेसम्मको ड्युटीमा खटिएका थिए । खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएका थिए ।
उनी के कारणले मृत भेटिए भन्नेबारे अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३०, २०७७ |
११:५१:४२
4665



















