नेपालमा कोरोनाबाट फेरि एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो
प्रकाशित मिति: आइतबार, जेठ ०४, २०७७ | १६:४८:४८
काठमाडौं,४ जेठ
नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ।आज बिहान नरैनापुर-५ बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाबको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेका मृतक युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको बताएका हुन्।
आइतबार बिहान मृत्यु भएका युवालाई राती वाकवाकी लागेको बताइएको छ। भारतबाट भागेर आएका युवालाई क्वारेन्टाइनमा राखिएको थियो। नरैनापुरमा रहेका दुई क्वारेन्टाइनमा ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। क्वारेन्टाइनमा डेढ सय बढी रहेको बताइएको छ।
अन्यको शनिबार स्वाव संकलन गरिएको बताइएको छ। यसअघि हिजोमात्र सिन्धुपाल्चोककी एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो।
प्रकाशित मिति : आइतबार, जेठ ०४, २०७७ |
१६:४८:४८
6073


















