नारायणी अस्पतालमा डाइलोसिस गर्ने ७ बिरामीको मृत्यु
वीरगञ्ज, ८ जेठ ।
नारायणी अस्पतालमा सञ्चालित डायलोसिस सेवा बन्द भएपछि ३६ दिन भित्र ७ जनाको मृत्यु भएको छ ।
नारायणी अस्पतालबाट स्थानान्तरण गरी मडिकल कलेजमा डायलासिस गराउन थालेको सात हप्तामा ७ जनाले ज्यान गुमाएका हुन् ।
सरकारले कोबिड १९ अस्पताल बनाएपछि नारायणी अस्पतालमा नियमित डायलासिस सेवा लिंदै आएका ४० जना बिरामीलाई अस्पतालले सरकारी दर रेटमै सेवा पाइने भन्दै मेडिकल कलेजमा पठाएको थियो । नारायणी अस्पतालले मेडिकल कलेजमा डायलासिस सेवाका लागि स्थानान्तरण गरेका ४० जनामध्ये ७ जना मृगौला रोगीको मेडिकल कलेजमा डायोलशीश गराउने क्रममै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा वीरगन्ज १२ मुर्लीकी ४५ वर्षीय नाशरिन बानो, वीरगन्ज १५ लक्ष्मणवाका ६० वर्षीय नागेन्द्र झा, पर्सा भौराटारका २४ वर्षीय कृष्ण ठाकुर, रौतहट गौरकी ५० वर्षीय तलबुन नेशा, बारा अमवाका ६० वर्षीय नन्दलाल महत्तो, सर्लाहीका ३५ वर्षीय अजय कार्की र रौतहट गौरका रन्जित मण्डल रहेका छन् ।
सात हप्तामा ७ जना मृगौला रोगीको मृत्यु भएको मेडिकल कलेजमै आफ्नी आमा कृष्णा देवीको डायलासिस गराइ रहेका वीरगन्ज ३ प्रगतिनगरका राम विश्वास कुशवाहाले बताए ।



















