तीन घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ–मुग्लिन सडक
प्रकाशित मिति: बिहिबार, जेठ १५, २०७७ | ११:१२:३०
चितवन,१५ जेठ ।
नारायणगढ–मुग्लिन खण्डमा सवारीसाधन दुर्घटना भएर अवरुद्ध भएको तीन घण्टापछि सञ्चालनमा आएको छ ।
उक्त खण्डमा चितवनबाट काठमाडौं खाद्यान्न बोकेको ट्रक र काठमाडौंबाट वीरगन्ज जाँदै गरेकोे मालवाहक लहरी आपसमा ठोक्किँदा आगमन रोकिएको थियो ।
क्रेनको सहायताबाट लहरी र ट्रकलाई पन्छाएर तीन घण्टापछि दुवैतर्फी बाटो सञ्चालनमा ल्याइएको चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले जानकारी दिए । उनका अनुसार मुग्लिननजिकैको ३ नम्बर पुलमा दुवै सवारी ठोक्किएको र खाद्यान्न बोकको ट्रकको अगाडिको भाग पुलमुनि झुन्डिएका कारण निकाल्न समय लागेको हो ।
बिहान करिब ७ बजेको समयमा ना।५ख ९१२२ नम्बरको ट्रक र ना।८ख १५५२ नम्बरको लहरी ठोक्किएका थिए । दुर्घटनामा एक चालक घाइते भएको र उनको मुग्लिन हाइवे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ १५, २०७७ |
११:१२:३०
4071



















