सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने
प्रकाशित मिति: बिहिबार, जेठ १५, २०७७ | १७:३४:०४
काठमाडौं, १५ जेठ ।
सरकारले अब सुरक्षाकर्मीले लगाउने पोसाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७्०७८ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन गर्नका लागि २ अर्ब ६४ करोडबजेट विनियोजन गरेको जानकारी दिए ।
‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका लागि पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरिनेछ,’ उनले भने ।
प्रकाशित मिति : बिहिबार, जेठ १५, २०७७ |
१७:३४:०४
4159



















