काभ्रेको बनेपामा ग्यास लिक भएर आगलागी हुँदा पाँच घाइते
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७ | १२:१८:०५
काभ्रे ,१६ जेठ
काभ्रेको बनेपा नगरपालिका ७ स्थित रुकेश ठकुरीको घरमा शुक्रबार ग्यास पाइप लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् ।
घरको तेस्रो तलामा रहेको भान्साकोठामा ग्यासको पाइप लिक हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।
आगलागीबाट घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनकी श्रीमती २४ वर्षीय शोफीया ठकुरी, १८ महिनाकी छोरी रचना ठकुरी, उनका आफन्त १५ वर्षीय आयुश शाह ठकुरी र १४ वर्षीय अनिष शाह ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारार्थ तत्काल बनेपास्थित शीर मेमोरियल अस्पतालमा लगिएको र थप उपचारको लागि काठमाडांैको किर्तिपुर वर्न सेन्टरमा रेफर गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
आगलागीबाट भान्साकोठा जलेर पूर्णरुपमा क्षति भएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०७७ |
१२:१८:०५
4159



















