दैलेखको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७ | १४:१७:१७
दैलेख, १७ जेठ ।
गत जेठ ७ गते भारतबाट आएका एक युवकको क्वारेन्टिनमा नै मृत्यु भएको छ ।जिल्लाको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बसेका ३५ बर्षिय युवाको शनिबार विहान मृत्यु भएको हो ।
भारतबाट जिल्ला प्रवेश गरेको एक हप्तापछि गत जेठ १५ गते ति युवासहित उक्त क्वारेन्टिनमा रहेका अन्य सबैको परिक्षणका लागि स्वाव संकलन गरिएको थियो ।
हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण भइरहेको उनको रिपोर्ट भने आउँन बाँकि रहेको जिल्ला स्वास्थ कार्यालय दैलेखले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेठ १७, २०७७ |
१४:१७:१७
4489



















