गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले गरे आत्महत्या
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७ | ११:०९:२२
गुल्मी,१८ जेठ ।
गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् ।
छत्रकोट गाउँपालिका–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माविको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।
प्रकाशित मिति : आइतबार, जेठ १८, २०७७ |
११:०९:२२
4819




















