नवलपरासीको मंगलापुरमा आमा नुहाउन जाँदा ४ बर्षिया छोरी वलात्कृत
नवलपरासी पश्चिम,२० जेठ ।
नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् ।सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं ४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले बताएका छन् ।
बालिकाको आमा नुहाइरहेको समयमा आइतबार करिब ३ बजे मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको उनकी आमाले बताएकी छिन्।
बालिका रुनासाथ आमा पुग्दा सहानी फरार भइसकेका थिए । बालिकाको गुप्ताङगबाट रगत बगिरहेको देखेपछि आमाले मंगलापुर स्वास्थ्य चौकी उपचारका लागि लगेकी थिइन।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले बालिकाको अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ ।
सो घट्नाबारे वडा अध्यक्ष छोटेलाल यादवले थाहा पाउनसाथ गोबरहिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गोबरहिया र जिल्ला प्रहरी टोलि मंगलापुर पुगेका थियो ।
घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी बिरेन्द्र थापाले बताए ।



















