सप्तरीमा नेकपा र राजपा कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७ | १४:५४:४०
काठमाडौं, २१ जेठ
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन्।
जग्गा सम्बन्धी विवादमा स्थानीय दुई पक्षबीच भएको झडपमा दुवै पक्षले एकअर्कामाथि घरेलु हतियार प्रहार गरेका थिए।
झडप नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायरसमेत गर्नु परेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार झडपमा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २१, २०७७ |
१४:५४:४०
4533



















