महोत्तरीमा कुखुराको खोरबाट सय ८० किलोग्राम गाँजा बरामद
प्रकाशित मिति: बिहिबार, जेठ २२, २०७७ | १२:५०:४३
काठमाडौं,२२ जेठ
महोत्तरीमा कुखुराको खोरमा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।
एकडारा गाउँपालिका–९ गेनाबथनाहाबाट खोरमा लुकाएको एक सय ८० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले कुखुराको खोरमा लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको जानकारी दिए।
‘स्थानीय लक्ष्मी चौधरी गाँजा ओसारपसार र कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनको खोजी भैरहेको थियो’, अधिकारीले भने, ‘कुखुराको खोरमा चौधरीले भण्डारण गरी राखेको गाँजा भेटिएको हो।’
गाँजा कारोबारमा संलग्न ५२ वर्षीय चौधरी भने फरार छन्। भारतसँग सीमा जोडिएको एकडारा गाउँपालिकाबाट अत्यधिक मात्रामा लागूऔषध गाँजाको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, जेठ २२, २०७७ |
१२:५०:४३
4973



















