धनगढीकी कोरोना संक्रमित महिलाको मलामी गएकाहरुले आफ्नो टोल सिल गरे
धनगढी,२५ जेठ ।
मृत्युपछि कोरोना पुष्टि भएकी धनगढीकी एक महिलाको मलामी गएका टोलवासीले आफैं टोल सिल गरेका छन् ।
शुक्रबार राति धनगढीको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका वडा नम्बर ५५ वर्षीय महिलाको शनिबार दाहसंसकार गरेपछि कोरोना संक्रमण भएको पुष्टि भएका थियो । त्यसअघि अस्पतालमा गरेको आरडीटी प्रशिक्षणमा भने ती महिलाको नतिजा नेगेटिभ आएको थियो ।
दाहसंस्कार पछि कोरोना भएको पुष्टि भएपछि कैलाली प्रशासनले शनिबार राति उनी बस्ने टोल सिल गरी मलामी गएकाको खोजबिन गरेको थियो । । प्रशासनले सिल गरेको पनि टोलमा आइतबार बिहान सुरक्षाकर्मीको उपस्थिती नहुँदा आवतजावत हुन थालेपछि स्थानीयवासीले आफै टोल सिल गरेका हुन् ।
टोल सिल गरेर प्रहरी फर्केपछि जोखिम बढ्ने भन्दै मलामी गएकाहरुले बिहानैदेखि ब्यानर सहित सडक अबरुद्ध गर्दै टोलमा आवत जावत बन्द गरेका छन् ।
मृत्यु भएकी महिलामा कोरोना पुष्टिपछि स्थानीय बासिन्दा निकै त्रसित छन् । दुई दिन अघि सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायोलिससका क्रममा महिलाको मृत्यु भएको थियो । मलाममा गएका व्यक्तिहरुले जति सक्दो चाँडो थ्रोट स्वावको नमूना लिएर कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
स्थानीय प्रशासनले भने मलामी गएकाहरुको पहिचान भइसकेको र स्वाव संकलनका लागि तयारी भइरहेको जनाएको छ ।
राजधानीबाट साभार



















