जागिर खोसिएपछि शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीको मृत्यु
कैलाली,२६ जेठ ।
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामस्थित बयालपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ।
अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
जलेर घाइते भएका उनलाई दिउँसो हेलिकप्टरमा उद्धार गरी थप उपचारका लागि कोहलपुर लगिएको थियो।
उनको उपचारको क्रममा कोहलपुर अस्पतालमा केही बेरअघि मृत्यु भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादवले देखापढीलाई बताए।
‘उहाँको मृत्यु भएको भर्खरै हामीलाई जानकारी आएको छ’, सहायक प्रजिअ यादवले भने।
उनके मृत्यु भएको जानकारी आफुले भर्खरै पाएको बताए ।
अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ।
बयलपाटा अस्पतालले आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।



















