करिब ३९ यात्रु बोकेको टिपर कर्णालीमा खस्यो
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ | १२:१०:०१
,२८ जेठ
कालिकोटको जिते बजारबाट यात्रु लिएर हिडेको टिपर कर्णालीमा खसेको छ। करिब ३९ जना यात्रु बोकेको टिपरमा सवार भएको स्थानीयको भनाई छ। भारतबाट आएकाहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाई छ।
कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए।
विस्तृत विवरण आउन भने बाँकी रहेको छ । नेपाल आर्मी, जिल्ला प्रहरी कार्यालय कालिकोटको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
बेपत्ता मध्ये चार जनाको शव स्थानीयले सडक छेउमै ल्याइसकेका छन् । अन्य ३२ जना कर्णाली नदीमा बेपत्ता छन् ।
।
प्रकाशित मिति : बुधबार, जेठ २८, २०७७ |
१२:१०:०१
4225



















