कुवेतको उडान रोकियो, भोलि दुई जहाजमा तीन सय नेपाली फर्किने
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ | १५:०८:०२
काठमाडौं,२८ जेठ
कुवेतबाट बुधबार डेढ सय नेपाली लिएर आउने भनेको उडान रोकिएको छ।
उडान नहुनुको कारण प्रस्ट नबताइए पनि आज उडान नहुने निश्चित भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
उनका अनुसार कुवेतले बिहीबार दुई उडान गर्ने जानकारी दिएको छ। जजिरा एयरवेजले दुई उडान गर्ने र ती जहाजमा करिव तीन सय नेपाली फर्किने क्षेत्रीले बताए।
यसअघि कुवेतका राजदूत दुर्गा भण्डारीले बुधबार एउटा फ्लाइट गर्ने तयारी भएको बताएका थिए। तर उनले यसको निश्चित भने बुधबार मात्रै हुने बताएका थिए।
तर सो योजनाअनुसार बुधबार उडान हुन नसकेको हो।
कुवेतले आममाफी दिएका २ हजार ९ सय ९१ जना नेपालीलाई फर्काइदिने तयारी गरिएको छ।
प्रकाशित मिति : बुधबार, जेठ २८, २०७७ |
१५:०८:०२
4951



















