चितवनमा लागु औषध चरेस सहित एकजना पक्राउ
प्रकाशित मिति: मंगलबार, आषाढ ३१, २०७६ | ०:३९:४७
चितवन ,३० असार
चितवनमा ठुलो परिमाणमा लागुऔषध चरेस सहित एकजना पक्राउ परेकी छन् । पुर्वीचितवनको रत्ननगरबाट प्रहरीले ४३ किलो चरेस सहित एक भारतीय महिलालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय टाडी बाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राती रत्ननगर नगरपालिका २ बाट भारतको मोतिहारी घर भएकी अन्दाजी बर्ष ७० की नुर्जाहा खातुनलाई पक्राउ गरेको हो । उनी रत्ननगरमा आफ्नो छोरीको घरमा बस्दै आएको खुलेको छ ।
उनको साथबाट अन्दाजी ४३ किलो लागुऔषध चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ३१, २०७६ |
०:३९:४७
6601























